गगन थापा भन्छन् : आर्थिक संकट र कूटनीतिक जटिलताप्रति सरकार गम्भीर भएन
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको वर्तमान आर्थिक अवस्था र छिमेकी मुलुकहरूसँगको व्यापारिक तथा कूटनीतिक सम्बन्धबारे सरकार गम्भीर नभएको टिप्पणी गरेका छन् ।
मजदुर दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै थापाले अर्थतन्त्र ‘कोमा’मा जान लागेको संकेत गर्दै सरकारको प्राथमिकता गलत ठाउँमा रहेको बताए । बैंकहरूमा पैसा थुप्रिने तर ऋण लिने वातावरण नहुनुले लगानीकर्तामा विश्वासको कमी देखिएको उनको भनाइ छ । कूटनीतिक सन्दर्भमा बोल्दै थापाले भारतले नेपाली चियामा लगाएको कर र चीनसँगको नाकामा देखिएको अवरोधका कारण नेपाली उद्यमी मारमा परेको बताए ।
क्याटेगोरी : राजनीति, समाचार










प्रतिक्रिया