Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

आईपीएल क्रिकेटमा मुम्बईले लखनउलाई हरायो


काठमाण्डौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सले लखनउ सुपर जाइन्टसलाई ६ विकेटले हराएको छ ।

वानखेडेमा लखनउले दिएको २२९ रनको लक्ष्य घरेलु टोली मुम्बईले १८ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । त्यसअघि टस हारेर ब्याटिङ गरेको लखनउले ५ विकेट गुमाएर २२८ रन बनाएको थियो ।

आईपीएलमा मुम्बई १० खेलमा ६ अङ्कका साथ तालिकाको नवौँ स्थानमा छ भने लखनउ ९ खेलमा ४ अङ्कका साथ तालिकाको पुछारमा छ । आईपीएल क्रिकेटमा आज बेलुका पौने ८ बजे दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्ग्स खेल्नेछन् ।


क्याटेगोरी : खेलकुद, समाचार

प्रतिक्रिया


ताजा अपडेट