नेपालले पनि भारतको केही भूमि मिचेको दाबी, मिलेर समाधान खोज्ने प्रधानमन्त्री बालेन शाहको भनाइ
नेपालले पनि भारतको केही भूमि मिचेको दाबी, मिलेर समाधान खोज्ने प्रधानमन्त्री बालेन शाहको भनाइ !
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले नेपाल–भारत सीमा विवादका विषयमा संसदमा बोल्दै नेपालले मात्र नभई नेपालले पनि भारतको केही भूमि अतिक्रमण गरेको जानकारी आफूले प्रधानमन्त्री बनेपछि थाहा पाएको बताएका छन्।
संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले, “तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्न सक्छ। मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ। भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रैछ,” भने ।
उनले सीमा सम्बन्धी विषयलाई विवादका रूपमा नभई दुई छिमेकी राष्ट्रबीचको आपसी समझदारी र मित्रवत् संवादबाट समाधान गर्नुपर्ने धारणा राखे। “त्यसलाई दुवै देशले साथीको रूपमा बसेर समाधान गर्ने सोच राखेका छौँ,” भन्दै प्रधानमन्त्री शाहले सीमा समस्याको कूटनीतिक समाधानमा सरकार प्रतिबद्ध रहेको बताए।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि नेपाल–भारत सीमा व्यवस्थापन र द्विपक्षीय सम्बन्धबारे नयाँ बहस सुरु भएको छ।
क्याटेगोरी : राजनीति, समाचार













प्रतिक्रिया