नेपालको ‘ए’ टोली र ओमानबीचको एक दिवसीय शृङ्खलाको पहिलो खेल शुरु
काठमाण्डौ । नेपाल ‘ए’ र ओमानबीच दुई खेलको एक दिवसीय शृङ्खला अन्तर्गत पहिलो खेल शुरु भएको छ । मूलपानी क्रिकेट मैदानमा खेल साढे ९ बजेदेखि शुरु भएको हो । ओमानले टस जितेर पहिला ब्याटिङ थालेको छ । दुई टोलीबीचको दोस्रो खेल पर्सि शुक्रबार हुनेछ ।
नेपाल क्रिकेट संघ क्यानले ओमानसँगको एक दिवसीय श्रृंखलाका लागि अनिलकुमार शाहको कप्तानीमा १४ सदस्यीय नेपाली ‘ए’ टोली घोषणा गरेको थियो ।
युएईसँगको टी–२० अन्तर्राष्ट्रिय श्रृंखलामा डेब्यु गरेका सन्तोष यादव र हेमन्त धामी पनि ‘ए’ टोलीमा छन् । आईसीसी पुरुष विश्वकप लिग–२ को शृङ्खला तयारीका लागि ओमान र युएईको टोली नेपाल आएको हो । यही शनिबारदेखि नेपाल, युएई र ओमान सम्मिलित लिग–२ शुरु हुनेछ ।
क्याटेगोरी : खेलकुद, समाचार










प्रतिक्रिया