फिफा विश्वकप : ट्युनिसियाविरुद्ध जापानको फराकिलो जित
काठमाडौं । फिफा विश्वकप २०२६ को खेलमा जापानले ट्युनिसियाविरुद्ध फराकिलो जित निकालेको छ । आइतबार मेक्सिकोको मोन्टेरी रंगशालामा जापानले ट्युनिसियाविरुद्ध ४–० गोलको फराकिलो जित निकालेको हो ।
जापानका लागि आएसी वेदाले दुई र जुन्यो इतो र दाइची कामदाले समान १ गोल गरे । जितसँगै जापानले तालिकामा चार अंक जोडेको छ ।
यसअघि समूह चरणको खेलमा जापान नेदरल्याण्ड्ससँग २-२ को बराबरीमा रोकिएको थियो । ट्युनिसा स्वीडेनसँग ५-१ ले पराजित भएको थियो । दुवै खेलमा पराजित भएसँगै ट्युनिसिया एक खेल अगावै विश्वकपबाट बाहिरिएको छ ।
क्याटेगोरी : खेलकुद













प्रतिक्रिया