Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

ओडीआई बलिङ वरियतामा सन्दीपको ६ स्थान सुधार


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पीनर सन्दीप लामिछानेले आईसीसी ओडीआई बलिङ वरियतामा ६ स्थान सुधार गरेका छन् ।

आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार सन्दीप ४२औं स्थानबाट ३६औं स्थानमा उक्लिएका हुन् । उनको रेटिङ अंक बढेर ५०९ भएको छ ।

घरेलु मैदानमा भएको लिग २ शृंखलामा सन्दीपले शानदार प्रदर्शन गरिरहेका छन् । ओमान र यूएईसँगको शृङ्खलाका ४ खेलमा उनले ८ विकेट लिएका थिए । उनी निकै किफायती समेत रहे ।

यस्तै अहिले भइरहेको अमेरिका र स्कटल्यान्डसँगकवो ३ खेलमा उनले ८ विकेट लिइसकेका छन् । स्कटल्यान्डसँगको पहिलो खेलमा ४ विकेट लिएका उनले अमेरिकासँग १ अनि स्कटल्यान्डसँग ३ विकेट लिए ।

यसबीचमा उनले ओडीआईमा १५० विकेट पूरा गर्दै सबैभन्दा कम खेलमा त्यस उपलब्धि हासिल गर्ने कीर्तिमान समेत बनाए ।

बलिङ वरियतामा ललित राजवंशीले १६ स्थान सुधार गर्दै ५४औं स्थानमा छन् भने करण केसी ८ स्थान खस्किएर ९८औं स्थानमा छन् ।

 


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट