Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

भूटानलाई हराउँदै साफ महिला च्याम्पियनशिपमा नेपाल विजयी


काठमाडौं । भूटानलाई हराउँदै नेपालले साफ महिला च्याम्पियनशिपमा विजयी शुरुआत गरेको छ ।

भारतको गोवामा रहेको जवाहरलाल नेहरु रङ्गशालामा आज भएको उद्घाटन खेलमा नेपालले भूटानलाई १–० गोलले हरायो । नेपालकी गीता रानाले खेलको २३औँ मिनेटमा गरेको प्रहार भूटानी खेलाडीले रोक्ने क्रममा गोलमा परिणत भएको हो ।

प्रतियोगिताको समूह चरणमा नेपाल, भूटान र श्रीलङ्का रहेका छन् । अब नेपालले समूह चरणको अन्तिम खेलमा आउँदो आइतवार जेठ १७ गते श्रीलङ्कासँग खेल्नेछ । यस्तै समूह ‘बी’ मा साविक विजेता बङ्गलादेश, भारत र माल्दिभ्स रहेका छन् ।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल जेठ २३ गते हुनेछ ।

 


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट