Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

रोड टु यूएफसीमा रवीन्द्रको प्रभावशाली प्रदर्शन, सेमिफाइनलमा स्थान


काठमाडौं । नेपाली मिक्स मार्सल आर्ट्स खेलाडी रवीन्द्र ढाटले ‘रोड टु यूएफसी’ प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाउँदै ऐतिहासिक उपलब्धि हासिल गरेका छन्।
मकाओस्थित ग्यालेक्सी एरिनामा बिहीबार सम्पन्न ब्यान्टमवेट क्वार्टरफाइनल प्रतिस्पर्धामा रवीन्द्रले फिलिपिन्सका किमबर्ट एलिन्टोजोनलाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन्।
प्रतिस्पर्धाको दोस्रो राउन्डमा आक्रामक खेल प्रदर्शन गरेका रवीन्द्रले विपक्षीलाई ‘टेक्निकल नकआउट’ मार्फत हराउँदै शानदार जित निकाले।
‘रोड टु यूएफसी’ मा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली खेलाडी बनेका रवीन्द्रले पहिलो सहभागितामै सेमिफाइनल यात्रा तय गर्दै नेपाली  इतिहासमा नयाँ अध्याय थपेका छन्।
एसियाली क्षेत्रका उत्कृष्ट फाइटरहरूलाई विश्वकै प्रतिष्ठित  संस्था यूएफसीसँग जोड्ने लक्ष्यसहित आयोजना हुँदै आएको ‘रोड टु यूएफसी’ प्रतियोगितामा रवीन्द्रको सफलता नेपाली खेलकुदका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
अब सेमिफाइनल र त्यसपछिको फाइनल खेल जित्न सके रवीन्द्र यूएफसीको मुख्य प्रतिस्पर्धात्मक मञ्चमा पुग्ने पहिलो नेपाली खेलाडी बन्नेछन्।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट