Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

काभा महिला भलिबल : सेमिफाइनलमा नेपाल इरानसँग सोझो सेटमा पराजित


काठमाडौं । काभा महिला भलिबल च्याम्पियनशिपको दोस्रो सेमिफाइनलमा नेपाल इरानसँग पराजित भएको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशाला कभर्डहलमा आज भएको खेलमा नेपाल इरानसँग ३–० को सोझो सेटमा पराजित भयो । इरानले पहिलो सेट २५–२०, दोस्रो सेट २५–१५ र तेस्रो सेट २५–११ ले जित्यो ।

अब इरानले उपाधिका लागि फाइनलमा भोलि काजकिस्तानसँग खेल्नेछ । आज भएको पहिलो सेमिफाइनलमा भारतलाई सोझो सेटमा हराउँदै काजकिस्तान फाइनलमा पुगेको हो ।

यस्तै नेपालले तेस्रो स्थानका लागि भोलि नै भारतसँग खेल्नेछ ।

 


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट