Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

कारवाहीमा परे क्रिकेटर करण केसी


काठमाडौं । अम्पायरहरूविरुद्ध सामाजिक सञ्जालमा आपत्तिजनक टिप्पणी गरेको भन्दै नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका खेलाडी करण केसीलाई कारबाही गरेको छ ।

जारी ‘प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८२’ का क्रममा अम्पायरहरूको भूमिकालाई लिएर सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै क्यानले उनलाई प्रतिबन्ध र जरिवाना सुनाएको हो ।

करण केसीले जारी प्रधानमन्त्री कपको आगामी एक खेल खेल्न पाउने छैनन् । त्यसैगरी, उनलाई उक्त खेलबापत प्राप्त हुने म्याच शुल्कमा शतप्रतिशत जरिवाना गरिएको छ ।

क्यानका प्रवक्ता छुम्बी लामाद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘खेलाडी करण केसीले अम्पायरहरू प्रति सामाजिक सञ्जालमार्फत व्यक्त गरेको अभिव्यक्ति खेल भावना अनुरूप नभएको ठहर गरिएको छ। सोही कारण सम्बन्धित सरोकारवालाहरूसँगको समन्वयमा उनलाई कारबाही गर्ने निर्णय गरिएको हो ।’

मैदान बाहिर र विशेष गरी सामाजिक सञ्जालमा गरिने टिप्पणीले खेलको मर्यादामा आँच पुग्ने भन्दै क्यानले यो कदम चालेको बुझिएको छ ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट