Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

रुपन्देही क्रिकेट संघको नेतृत्वमा थापा, शक्ति गौचन फेरि पराजित


बुटवल । रुपन्देही क्रिकेट संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा हरिबहादुर थापा अध्यक्षमा निर्वाचित भएका छन् ।थापा ६९ मत प्राप्त गर्दै विजयी भए । उनका प्रतिस्पर्धी शक्ति गौचनले ४९ मत प्राप्त गरे ।राष्ट्रिय टोलीका पूर्वखेलाडी समेत रहेका गौचन चार वर्षअघि भएको निर्वाचनमा अध्यक्षमा थापासँग पराजित भएका थिए । थापा पुनः अध्यक्षमा दोहोरिएका हुन् ।उपाध्यक्षमा खेमराज भुसाल ६९ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी सञ्जीव जोशीले ५० मत प्राप्त गरे । सचिव पदमा उदयकुमार मल्लिक ६८ मतसहित निर्वाचित हुँदा प्रतिम पराजुलीले ५१ मत पाए ।कोषाध्यक्षमा धिरज अधिकारी क्षेत्री ७७ मतसहित विजयी भए  उनका प्रतिस्पर्धी सत्यजित सरकारले ४१ मत प्राप्त गरे । महिला सदस्य पदमा उमा अधिकारी ७७ मतसहित निर्वाचित हुँदा अलिसा केसीले ४२ मत प्राप्त गरिन् ।

सदस्य पदका लागि भएको प्रतिस्पर्धामा प्रशान्त विक्रम मल्ल (८९), निरजप्रताप खाण (७३), पुनित पोख्रेल (६७), विजयसिंह ज्ञवाली (६४), अन्तिम थापा (५९), मनोज भण्डारी (५९), ज्वालेसप्रसाद प्रधान (५८), ताराप्रसाद पाठक (५६), भुवन पाण्डे (५६) र कृष्णकुमार कुँवर (५२) विजयी भए ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट