Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

युएईलाई ८ विकेटले पराजितगर्दै नेपालद्वारा सिरिज बराबरी


काठमाडौं। नेपाल र युएई बीचको टी–२० आई सिरिज बराबरीमा सकिएको छ। मंगलबार भर्खरै सम्पन्न दोस्रो खेलमा नेपालले यूएईलाई ८ विकेटले हराउँदै सिरिज बराबरी गरेको हो।

हिजो सम्पन्न पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो। १२९ रनको लक्ष्य पछ्याएको नेपालको जितमा ओपनर कुशल भुर्तेलले सानदार ब्याटिङ गर्दै ८४ रनमा अविजित रहे।

५७ बल खेलेका उनले १२ चौका र २ छक्का प्रहार गरे। यस्तै, दीपेन्द्र सिंह ऐरी २३ रनमा अविजित रहँदा कुशल मल्लले १९ रन जोडे। बलिङतर्फ यूएईका निलान्स केशवानी र मुहम्मद अर्फानले समान एक विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको थियो । युएईका अक्षदीप नाथले अर्धशतकीय पारी खेल्दै टोलीको लक्ष्य केही उकासेका थिए ।

यस्तै, मुहम्मद अर्फानले ३२ तथा अदीव उस्मानीले ३० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।बलिङतर्फ नेपालका सन्दीप लामिछानेले तीन तथा लागि हेमन्त धामीले दुई विकेट लिए भने नन्दन यादव र साहब आलमले एक–एक विकेट हात पारे।

 


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट