Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

पहिले र अहिले : विश्वकपको ३२ वर्षौं यात्रामा के के फेरियो?


काठमाडौं।सन् १९९४ मा अमेरिकाले पहिलो पटक फुटबलको विश्वकप आयोजना गरेको थियो । अहिले दोहोर्‍याएर २०२६ मा अमेरिकामै विश्वकप हुँदै छ । यसपल्ट क्यानडा र मेक्सिको विश्वकपको सह–आयोजकको रूपमा रहेका छन् । यही ११ जुनबाट प्रतियोगिता सुरु भएर १९ जुलाईमा सकिनेछ । यी दुई विश्वकपमा फरक चाहिँ के के रहे त ? अहिले त्यसको लेखाजोखा यस्तो छ :

टिकट मूल्य

१९९४ : पहिलो चरणका खेलको टिकट मूल्य २५ देखि ७५ डलर रहेको छ । उद्घाटन खेलको टिकट मूल्य भने ४० देखि १ सय २० डलर रहेको थियो । त्यस विश्वकपको फाइनल क्यालिफोर्नियाको रोजबलमा भएको थियो । त्यसको टिकट मूल्य थियो, १ सय ८० देखि ४ सय ७५ डलर ।

२०२६ : डिसेम्बरमा फिफाले पहिलो पटक व्यक्तिगत टिकट बिक्री गर्दा त्यसको मूल्य १ सय ४० देखि २ हजार ७ सय ३५ डलर तोकिएको थियो । यो सबै पहिलो चरणको खेलका लागि हो । फाइनलका लागि भने टिकटको मूल्य ४ हजार १ सय ८५ देखि ८ हजार ६ सय ८० डलर रहेको थियो । यसपल्टको टिकट मूल्यको निर्धारण गर्दा माग र आपूर्तिमा आधारित हुनेछ । अप्रिल पुग्दा फाइनल खेलको अधिकत्तम मूल्य १० हजार ९ सय ९० डलर राखिएको छ ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट