कुशल भुर्तेलको आत्मविश्वास: “भारतसँगको क्लोज खेलले हामीलाई हौसला दिएको छ”
एसियाली खेलकुद (Asian Games) का लागि छनोटपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले टोलीको तयारी र लक्ष्यबारे उत्साह व्यक्त गरेका छन्।
भुर्तेलले भारतसँगको पछिल्लो भेटलाई सम्झिँदै त्यो खेल निकै प्रतिस्पर्धात्मक (close game) भएको बताएका छन्। उनले यसपटक भारतले बलियो स्क्वाड सार्वजनिक गरिसकेको उल्लेख गर्दै चुनौती अझ बढ्ने प्रतिक्रिया दिएका छन्।
“ हामी India सँग खेलेका थियौँ, एउटा close game रहेको थियो। अब India ले squad सार्वजनिक गरिसकेको छ। राम्रो–राम्रो खेलाडीहरू आउँदै हुनुहुन्छ। हामी धेरै नै excited छौँ। अब Asian Games मा पनि राम्रो गर्नेछौँ,” भुर्तेलले भने।
उनका अनुसार एसियाडमा सहभागी हुनु नेपाली क्रिकेटका लागि ठूलो अवसर हो र यसले खेलाडीहरूलाई उच्च स्तरको अनुभव दिलाउनेछ। भुर्तेलले टिमभित्रको आत्मविश्वास मजबुत रहेको र ठूला टिमसँग खेल्दा प्रदर्शन अझ निखारिने विश्वास व्यक्त गरे।
नेपाल क्रिकेट टोलीले पछिल्लो समय देखाएको सुधारलाई निरन्तरता दिँदै एसियाली मञ्चमा पनि प्रभावशाली प्रदर्शन गर्ने लक्ष्य राखेको छ।
क्याटेगोरी : खेलकुद













प्रतिक्रिया