Techie IT
KTM Post
सोमबार, १ असार, २०८३

विश्वकप २०२६ : विश्व विजेता स्पेन र नवप्रवेशी केब भर्डे खेल्दै


काठमाडौं । फिफा विश्वकप फुटबलमा आज राति स्पेन र केब भर्डेले खेल्दैछन् । समूह ‘एच’ को यो खेल राति पौने १० बजे अमेरिकाको एटलान्टा रङ्गशालामा शुरू हुनेछ ।

स्पेनले सन् २०१० मा एक पटक उपाधि जितेको छ । स्पेनले त्यसयता राम्रा प्रदर्शन गर्न सकेको छैन् । स्पेन सन् २०१४ मा समूह चरणबाटै बाहिरिएको थियो भने २०१८ र २०२२ मा अन्तिम १६ बाट अघि बढ्न सकेको थिएन । स्पेन फिफा वरीयतामा दोस्रो स्थानमा छ ।

केब भर्डेले भने पहिलो पटक विश्वकप खेल्न लागेको हो । केब भर्डे फिफा वरीयतामा ६७औँ स्थानमा छ ।

यस्तै आजै राति समूह ‘जी’ का बेल्जियम र इजिप्ट खेल्दैछन् । यो खेल राति पौने १ बजे अमेरिकाको सिएटल रङ्गशालमा शुरू हुनेछ । फिफा वरीयतमा बेल्जियम १०औँ र इजिप्ट ३०औँ स्थानमा छ ।

यस्तै बिहान पौने ४ बजे अमेरिकाको मियामी रङ्गशालामा समूह ‘एच’ का साउदी अरेबिया र उरुग्वे खेल्दैछन् । फिफा वरीयतामा साउदी अरेबिया ६०औँ र उरुग्वे १७औँ स्थानमा छ ।

यसैगरी बिहान पौने ७ बजे अमेरिकाको लस एन्जेलस रङ्गशालामा समूह ‘जी’ का इरान र न्युजिल्यान्ड खेल्दैछन् । फिफा वरीयतामा इरान २०औँ र न्युजिल्यान्ड ८५औँ स्थानमा छ ।

 


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट