Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

अग्रता जोगाउन नसक्दा इरानसँग बराबरीमा रोकियो न्यूजिल्यान्ड


काठमाडौं । दुईपटकको अग्रता जोगाउन नसक्दा न्यूजिल्यान्ड फिफा विश्वकप–२०२६ मा आफ्नो पहिलो खेलमा इराकसँग बराबरीमा रोकिएको छ ।

अमेरिकाको क्यार्लिफोर्नियास्थित लस एन्जलस स्टेडियममा मंगलबार बिहान भएको खेलमा न्यूजिल्यान्ड र इरान २–२ को बराबरीमा रोकिएका हुन् ।

तर, जुझारू खेल पस्किएको इरानले दुवै पटक सानदार पुनरागमन गर्दै खेललाई बराबरीमा ल्यायो। न्युजिल्यान्डको रक्षापङ्क्तिमा देखिएको केही कमजोरीको फाइदा उठाउँदै इरानी स्ट्राइकरहरूले गोल फर्काएपछि न्युजिल्यान्ड ऐतिहासिक जित निकाल्नबाट चुक्यो।

खेलको ६ औँ मिनेटमा एलिजाह जस्टले गोल गर्दै न्युजिल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ३२औँ मिनेटमा इरानको तर्फबाट रामिन रेजाइयनले गोल फर्काएर खेललाई बराबरीमा ल्याएका थिए ।

त्यसपछि ५५औँ मिनेटमा जस्टले नै अर्को गोल गरेर न्युजिल्यान्डलाई अग्रता दिलाएका थिए । न्युजिल्यान्डको उक्त अग्रता पनि लामो समय टिक्न सकेन । इरानका मोहम्मद मोहेबीले ६४औँ मिनेटमा गोल फर्काए । त्यसपछि कुनै पनि गोल हुन सकेन ।

यो बराबरीसँगै विश्वकपको समूह चरण अन्तर्गत आफ्नो पहिलो खेलबाट दुवै टोलीले समान १–१ अङ्क बाँडेका छन्।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट