Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

स्नो रिभर्सको आईपीओ नेप्सेमा सूचीकृत


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा स्नो रिभर्स लिमिटेड (SNORL) को आईपीओ सूचीकृत भएको छ। यस दिन नेप्सेमा कम्पनीको ९३ लाख ७५ हजार कित्ता सूचीकृत भएको हो।

कम्पनीले सर्वसाधारणमा वितरण गरेको १८ लाख ७५ हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ७५ लाख कित्ता शेयर गरी कुल ९३ लाख ७५ हजार कित्ता नेप्सेमा सूचीकृत भएको हो।

अब कम्पनीको शेयर भोली शुक्रबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार हुनेछ। पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ।

 


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट