संसदीय समितिमा चार सदस्यहरू हेरफेर
काठमाडौं । चारवटा संसदीय समितिमा चार सांसदहरू हेरफेर भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरूको हेरफेर गरिएको हो । यसलाई आजको प्रतिनिधिसभाले सहमति दिइएको छ ।
यसरी हेरफेर हुनेहरूमा राम लामा, बोधनारायण श्रेष्ठ, मनिष झा र बुद्धरत्न महर्जन रहेका छन् । लामा अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिबाट पूर्वाधार समितिमा सरेका छन् ।
त्यस्तै, श्रेष्ठ पूर्वाधार समितिबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा गएका छन् ।
उता, मनिष झा उपभोक्ता समितिबाट सार्वजनिक लेखा समितिमा गएका छन् । अर्का सांसद बुद्धरत्न महर्जन भने सार्वजनिक लेखाबाट उपभोक्ता समितिमा पुगेका छन् ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया